२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

पछिल्लाे २४ घन्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर आइतबार ०७, भदौ २०७७ ०५:००

पछिल्लाे २४ घन्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

पछिल्लो २४ घन्टामा ८ हजार २६ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा काेराेना संक्रमण देखीएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितसंगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

यस्तै २४ घन्टामा २८१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।

२४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा आइतबार अपराह्‍नसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । 

यस्तै काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना संक्रमित फेला परेको जानकारी गराएको हो ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस