२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

१४ दिनअघि अस्पताल भर्ना भएकी कोरोना संक्रमित महिलाकाे मृत्यु

- विशेष खबर आइतबार ०७, भदौ २०७७ ०९:५०

१४ दिनअघि अस्पताल भर्ना भएकी कोरोना संक्रमित महिलाकाे मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

गत साउन २४ देखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको हाे । 

शनिबार बेलुका साढे सात बजे कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वरो, खोकी, थाइराइड, श्वासप्रश्वासको समस्या रहेको ती महिलामा कोरोना पाजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो । 

पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस