२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

दिपायलका सबै बैंक बन्द

- विशेष खबर शनिबार ०६, भदौ २०७७ ०७:४४

दिपायलका सबै बैंक बन्द

धनगढी । राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दिपायलका निजी तथा सरकारी बैंक ५ दिनका लागि बन्द गरिएका छन् ।  

दिपायलका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी ५ दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका क्यासियर महिलामा कर्मचारीमा संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा संक्रमण नफैलियोस भन्दै ५ दिनका लागि बैंक कारोवार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताए । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ८०० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

जिल्ला अस्पतालको पिसीआर ल्याबमा गरिएको कोरोना परीक्षणमा निज महिला कर्मचारीसहित १८ अन्य व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

प्रमुख मलासीका अनुसार पिसीआर परीक्षणमा जिल्ला प्रहरी कार्यालयका दुई पुरुष तथा एक महिलामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस