२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

काेराेना संक्रमणबाट थप ९ जनाकाे मृत्यु

- विशेष खबर शनिबार ०६, भदौ २०७७ ०५:०७

काेराेना संक्रमणबाट थप ९ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। 

सुनसरीमा २, पर्सामा ३, बारामा १, सिरहामा १, मकवानपुरमा १ र भक्तपुरमा १ गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । पर्साका ६१ वर्षीय, ५८ वर्षीय र ४८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

बाराका ५८ वर्षीय, सिरहाका ६८ वर्षीय, मकवानपुरका ५६ वर्षीय र भक्तपुरका ७३ वर्षीय व्यक्तिको मृत्यु भएको हो । 

याे संगै काेराेना संक्रमण बाट हालसम्म मृत्यु हुनेकाे संख्या  १ सय ४६ पुगेकाे  छ।

यस्तै पछिल्लाे २४ घन्टामा देशभर थप ६ सय ३४ जनाका काेराेना संक्रमण पुष्टि भएकाे छ । 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस