२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

उपत्यकामा २१६ सहित देशभर ६ सय ३४ जनामा काेराेना संक्रमण पुष्टि

- विशेष खबर शनिबार ०६, भदौ २०७७ ०४:३०

उपत्यकामा २१६ सहित देशभर ६ सय ३४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर थप ६ सय ३४ जनाका काेराेना संक्रमण पुष्टि भएकाे छ । 

स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित काेबिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले देशभरका प्रयोगशालामा १२ हजार ५१९ स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । 

गत २४ घण्टामा जम्मा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप नयाँ २१६ संक्रमित देखिएका छन् । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४१८ परीक्षणहरु गरिएका छन् । 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस