२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

अब काेराेनाका बिरामीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने

- विशेष खबर शनिबार ०६, भदौ २०७७ ०२:४८

अब काेराेनाका बिरामीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने
फाइल तस्बिर ।

काठमाडाैं । कोरोनाभाइरसका बिरामीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने भएको छ।

स्वास्थ्य मन्त्रालय विज्ञप्तिले जारी गर्दै बिरामी कोभिड अस्पतालमा भर्ना हुनुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘अस्पतालमा कोभिड- १९ को लागि छुट्याइएका  आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्ना गर्नु हुन निर्देशन गरिन्छ।'

यस्ताे छ विज्ञप्तिः


#स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस