२०८१ असोज ०१ गते मङ्गलबार | 17 September, 2024

उद्योग वाणिज्य महासंघकाे बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालकाे उम्मेद्वारी

बुधबार १४, फागुन २०७६ ०३:२२

उद्योग वाणिज्य महासंघकाे बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालकाे उम्मेद्वारी

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उम्मेद्वारी  घोषणा  गरेका छन् ।

काठमाडौंमा होटल याक एण्ड यतीमा कार्यक्रम गरेर अहिलेका उपाध्यक्ष चन्द्र ढकालले आगामी चैत २८ र २९ मा हुने साधारणसभामा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

उम्मेद्वारी घोषणा कार्यक्रममा ढकालले अध्यक्ष बन्न लागेका शेखर गोल्छाको नेतृत्वमा महासंघलाई अगाडि बढाउने बताए ।

गोल्छाले किशोर प्रधानको पक्षमा भोट मागेपनि ढकालले मुक्तकण्डले गोल्छाको प्रशंन्सा गर्दै महासंघले अबको ३ वर्षको लागि योग्य नेतृत्व पाएको भन्दै सरकारसँग सहकार्य गर्ने बताए ।

उनले आफुले देशको आर्थिक विकासको लागि निजी क्षेत्रमा अनवरत काम गरेको । ५० वर्षभन्दा लामो इतिहास बोकेको महासंघको गरिमा बढाउनको लागि मन,बचन र कर्मले लाग्ने बताए ।

‘देशभरका व्यवसायीले नेतृत्व लिन दवाव दिनुभयो,त्यही कारण म बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको हो,’ढकालले उम्मेद्वारी घोषणासभामा भने ।

गत पुसमा ढकालको गृहजिल्ला बागलुङ उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्षको रुपमा लड्ने उनले घोषणा गरेका थिए ।

ढकालले आफु बागलुङको गाउँमा जन्मेर सहायक स्तरको जागिर हुँदै सुरु गरेको व्यवसायबाट यहासम्म आएको भन्दै आइएमई हुँदै बैंक,बीमा केबलकार हुँदै सेवा क्षेत्र व्यवसाय विस्तारको जानकारी दिए ।

‘आइएमईको व्यवसायबाट हामीले हजारौ उद्यमी जन्माएका छौ, विदेशमा रगत र पसिना कमाएको पैसा विश्वासका साथ जतन गरेर आश्रित परिवारमा पुर्याउने काम गरेर हजारौ नेपालीको आर्शिवाद पाएका छौ,’ढकालले भने ।

‘राज्यले निजी क्षेत्रलाई साथ लिएमा मात्र देश विकास हुन्छ,बाहिरको उदाहरणले पनि त्यही भन्छ,’ ढकालले भने ।

राज्य हाम्रो अभिभावक भएको र सहजिकरण गर्नुपर्ने कतिपय अवस्थामा सघर्ष गर्नुपर्ने बताए ।


#चन्द्र ढकाल

प्रतिकृया दिनुहोस