२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

दुबईमा रोकिएका नेपाली लिन आइतबार वाइडबडी जाँदै

- विशेष खबर शुक्रबार ०५, भदौ २०७७ ०५:५६

दुबईमा रोकिएका नेपाली लिन आइतबार वाइडबडी जाँदै

काठमाडौं । नेपाल वायुसेवा निगमले गत सोमबार दुबईमा छाडेका २ सय ३५ यात्रुलाई एक सातापछि पुनः आइतबार ल्याउने भएको छ ।

निगमले त्यसदिन (मंगलबार) दुबईबाट फर्किदा ल्याउनुपर्ने यात्रुका लागि काठमाडौंमा क्वारेन्टाइन व्यवस्थापन नभएका कारण ल्याउन नसकेकोमा जनाएको छ । विमानस्थल आइसकेका यात्रुलाई छोडेर जहाज रित्तै फर्किएकाे थियाे ।

उक्त उडानबाट नेपाल आउन नपाएका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज आगामी आइतबार (२३ अगस्ट)मा दुबई जान लागेको एक अधिकारीले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुवईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुहरुका लागि उडान हुन लागेको हो ।

विमानस्थल आइसकेका यात्रुलाई छोडेर जहाज रित्तै फर्किएपछि सरकारको चर्को आलोचना भएको थियो ।

 


#नेपाल वायुसेवा निगम

प्रतिकृया दिनुहोस