२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

थप ८३८ जनामा काेराेना संक्रमण पुष्टि,संक्रमित संख्या ३० हजार नाघ्याे

- विशेष खबर शुक्रबार ०५, भदौ २०७७ ०४:२९

थप ८३८ जनामा काेराेना संक्रमण पुष्टि,संक्रमित संख्या ३० हजार नाघ्याे

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर थप ८३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित काेबिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गाैतमले १३ हजार ५७९ नमुना परिक्षण गर्दा उक्त ब्याक्तीमा काेराेना संक्रमण पुष्टि जानकारी दिएका हुन् ।

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ। 

यसैगरी काठमाडौं उपत्यकामा १८२ जनामा  संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस