२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

विश्वभर एकैदिन थपिए २ लाख ६३ हजार काेराेना संक्रमित

शुक्रबार ०५, भदौ २०७७ ०२:३३

विश्वभर एकैदिन थपिए २ लाख ६३ हजार काेराेना संक्रमित

एजेन्सी । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेकाे संख्या २ करोड २२ लाखभन्दा बढी पुगेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार विश्वभरीको कुल संक्रमितकाे संख्या दुई करोड २२ लाख ५६ हजार २२० पुगेको छ । 

ती मध्ये २ लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ । 

यस्तै पछिल्लाे २४ घन्टामा ६ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ । 
 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस