२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

पाटन अस्पतालमा दुई कोराेना संक्रमितकाे मृत्यु

- विशेष खबर शुक्रबार ०५, भदौ २०७७ १०:४३

पाटन अस्पतालमा दुई कोराेना संक्रमितकाे मृत्यु

ललितपुर । ललितपुरकाे पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको हो ।

केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यसैगरी साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।


#पाटन अस्पताल

प्रतिकृया दिनुहोस