२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

काेराेना संक्रमणबाट थप ६ जनाकाे मृत्यु

बिहिबार ०४, भदौ २०७७ ०४:४७

काेराेना संक्रमणबाट थप ६ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा काेराेना संक्रमणका कारण थप ६ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट थप ६ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

बिहीबार मन्त्रालयकाे नियमित कोभिड १९ प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार पछिल्लाे २४ घन्टामा मृत्यु हुनेमा काठमाडौं र पर्साका १ –१ महिला, मकवानपुर, सप्तरीका १–१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस