२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

उपत्यकामा २०० सहित देशभर ७०७ जनामा कोरोना पुष्टि

बिहिबार ०४, भदौ २०७७ ०४:३६

उपत्यकामा २०० सहित देशभर ७०७ जनामा कोरोना पुष्टि

काठमाडाैं । काठमाडाैं उपत्यकामा थप २०० सहित देशभर ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

११ हजार ८३२ पीसीआर परीक्षण गरिएकोमा मुलुकभर भने पछिल्लो २४ घन्टामा ७०७ जनामा कोरोना पुष्टि भएको बिहीबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

याेसंगै जम्मा संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस