२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने संक्रमितलाइ प्रतिदिन ३५० रुपैयाँ दिने

- विशेष खबर बिहिबार ०४, भदौ २०७७ ०३:४२

टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने संक्रमितलाइ प्रतिदिन ३५० रुपैयाँ दिने

काठमाडाैं । टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ । 

नगरपालिकाको बुधबार बसेको कार्यपालिकाकाे बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम दिने निर्णय गरेको हो ।

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिले होम आइसोलेसनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिस अनुसार सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

अस्पतालमा बस्नेलाई अस्पतालले नै सबै कुरा व्यवस्था गरे पनि होम आइसोलेसनमा बस्नेलाई कुनै निकायले सहुलियत नदिने भएकाले नगरपालिकाले सन्तुलित भोजनका लागि उक्त रकम उपलब्ध गराउन लागेको मेयर प्रकाश अधिकारीले बताए । ‘स्वास्थ्य शाखाले प्रमाणित गरिसकेपछि होम आइसोलेसनमा बसेकाहरूलाई एकमुष्ट रकम उपलब्ध गराउनेछौं,’ उनले भने ।

कार्यपालिका बैठकले वडा नम्बर २ मा अवस्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३० देखि ४० बेडको आइसोलेसन कक्ष बनाउने निर्णय समेत गरेकाे नगर प्रमुख अधिकारीले बताए ।

 


#होम आइसोलेसन

प्रतिकृया दिनुहोस