२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर

बुधबार ०३, भदौ २०७७ ०७:५१

भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर

नयाँ दिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएकाे  छ । भारतकाे राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा उपचाररत मुखर्जीकाे स्वास्थ अवस्था झन् कमजोर भएकाे अस्पतालले जनाएको छ ।

अस्पतालले दिएको जानकारीअनुसार बुधबार मुखर्जीकाे फोक्सोमा संक्रमण देखिएको छ । 

फोक्सोमा देखिएको संक्रमणका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको  अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । 

मुखर्जीलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । अवस्था झन् कमजोर हुदै गएपछि उनलाई भेन्टिलेटरबाट झिक्ने अवस्था नरहेको  अस्पतालले जनाएको छ । 

केही दिनमात्र अघि पनि सो अस्पतालले उनको स्वास्थ्य अवस्था कमजोर र स्थिर रहेको बताएको थियो । 

तर आज बिहान मात्र मुखर्जीका छोरा अभिजित मुखर्जीले भने आफ्नो बुबाको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका थिए ।

उनले ट्वीट गरेर आफ्नो बुबाको स्वास्थ्य अवस्थामा केही सुधार आएको भन्दै सो अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिनुभएको थियो । 


#भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी

प्रतिकृया दिनुहोस