२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

नेपालमा थप ६८१ जनामा काेराेना संक्रमण पुष्टि,उपत्यकामा थपिए १५९

- विशेष खबर बुधबार ०३, भदौ २०७७ ०४:३४

नेपालमा थप ६८१ जनामा काेराेना संक्रमण पुष्टि,उपत्यकामा थपिए १५९

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर ६८१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित काेबिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गाैतमले पछिल्लाे २४ घन्टामा  ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन्  ।

यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ५ लाख ५४ हजार ३८८ परीक्षणहरु गरिएका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस