२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

- विशेष खबर बुधबार ०३, भदौ २०७७ ०२:१४

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनको बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

बुधबार बिहान घिमिरे निवास कपुरधारा पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।


#माधवप्रसाद घिमिरे

प्रतिकृया दिनुहोस