२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

- विशेष खबर मङ्गलबार ०२, भदौ २०७७ ०६:४१

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक स्राेतले जनाएको छ । उनको १०१ वर्षको उमेरमा निधन भएको हो ।

विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मेका घिमिरेकाे मंगलबार आफ्नै  निवासमा निधन भएको हाे ।

उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।


#माधवप्रसाद घिमिरे

प्रतिकृया दिनुहोस