२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

निषेधाज्ञा र कर्फ्यू लगाउने अधिकार अब सिडिओलाइ

- विशेष खबर मङ्गलबार ०२, भदौ २०७७ ०६:१७

निषेधाज्ञा र कर्फ्यू लगाउने अधिकार अब सिडिओलाइ
फाइल तस्बिर ।

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई दिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा वा जिल्लाका कुनै स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा सम्बन्धित क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपस्थित गराउने र अन्य कर्मचारीलाई ‘वर्क फ्रम होम’ को व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने पनि निर्णय भएको छ ।

सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरू पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

 


#मन्त्रिपरिषद्

प्रतिकृया दिनुहोस