२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

काेराेना संक्रमण बाट एकै दिन ७ जनाकाे मृत्यु

मङ्गलबार ०२, भदौ २०७७ ०४:४५

काेराेना संक्रमण बाट एकै दिन ७ जनाकाे मृत्यु

काठमाडाै । पछिल्लाे  २४ घण्टामा थप ७ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ।

स्वास्थ मन्त्रालयका अनुसार यीसहित हालसम्म मृतककाे संख्या १ सय १४ पुगेकाे छ। मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् ।

यस्तै पछिल्लाे २४ घन्टामा नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर हाल १० हजार ५ सय ६३ सक्रिय संक्रमित छन्। हालसम्म ५ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस