२०८२ साउन ११ गते शनिबार | 26 July, 2025

नेविसंघ नेता चौलागाईकाे अगुवाइमा क्यान्सर पीडित तमाङलाइ आर्थिक सहयाेग

मङ्गलबार ०२, भदौ २०७७ ०३:३४

नेविसंघ नेता चौलागाईकाे अगुवाइमा क्यान्सर पीडित तमाङलाइ आर्थिक सहयाेग
पिडित नानु तमाङ

काठमाडौं । क्यान्सरले थलिएकी नानू तामाङको उपचारमा सहयोगका लागि नेपाल कर्मस क्याम्पस नेविसंघका नेता एबं सिन्धुपाल्चोक पुर्ब सभापति गोपाल चौलागाईको अगुवाइमा आर्थिक सहयाेग गरेका छन् ।

नेता चौलागाईले सहयाेग अभियानमा संकलन भएकाे ४३ हजार १ सय रूपैयाँ पिडित तामाङको बैंक खातामा जम्मा गरिएको  बताए ।

वलेफी– ६ मांखाकी नानु तामाङ लामा क्यान्सरले थलिएकी छिन् । नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा उपचाररत उनको उपचारमा आर्थिक अभाव भएपछि समस्या परेपछि सहयोग संकलन गरिएको हो ।

सामान्य आर्थिक अवस्था भएकी तमाङको अब थप उपचार गर्ने आर्थिक स्रोत छैन । तीस वर्षको उमेरमा रोगले ग्रसित भएपछि उनको उपचारमा गाह्रो भएको छ । विपन्न नागरिकलाई गम्भिर प्रकृतिको रोगको उपचार वापतको सहुलियतमा उपचार गराँउदै रहेको परिवार स्रोतले जनाएको छ ।

कहिँ कतै वाट आर्थिक सहायता विना उपचार गराउन नसक्ने स्थिति भएपछि नानुले सहयोगको लागि अपिल गरेकी छिन् । सहयोग गर्न चाहानेले उनको मेगा बैकमा रहेको खाता नम्बर १९९००५०००४७५९ मा सहयोग रकम जम्मा गर्न सक्नेछन् ।


#सहयाेग

प्रतिकृया दिनुहोस