२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

कोरोनाबाट पश्‍चिम नवलपरासीका कांग्रेस उपसभापतिको मृत्यु

मङ्गलबार ०२, भदौ २०७७ ११:३९

कोरोनाबाट पश्‍चिम नवलपरासीका कांग्रेस उपसभापतिको मृत्यु

काठमाडाैं । कोरोना संक्रमणका कारण नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मंगलबार बिहान मृत्यु भएको छ।

ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा ३८ वर्षीय गिरीको मृत्यु भएको हाे ।

निमोनियासमेत देखिएका उनलाइ कोरोना देखिएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो। साउन ३० गते पाटन अस्पताल पुर्‍याइएका उनको अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। मेडिकल कलेज भैरहवामा पित्त थैलीको अपरेसन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको थियो। 

आफूलाई कोरोना पोजिटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै अस्पताल शैयाबाट गिरीले फेसबुकमा स्ट्याटस लेखेर सबैलाई सजग गराएका थिए।

यसैबीच परासीकै अन्य पार्टीका दुई जना नेतामा कोरोनाको लक्षण देखिएपछि उनीहरुको बुटवल र काठमाडौंमा उपचार भइरहेको छ।

पश्चिम नवलपरासीमा समुदाय स्तरमा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजिटिभ देखिएको  स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले बताए । हालसम्म जिल्लामा १ सय ४० जनामा कोरोना देखिएको छ।


प्रतिकृया दिनुहोस