२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

सुनकाे मुल्य फेरि बढ्याे

मङ्गलबार ०२, भदौ २०७७ ११:२४

सुनकाे मुल्य फेरि बढ्याे

काठमाडाैं । मंगलबार सुनको मूल्य फेरि बढेकाे छ। यसअघि सुन बढेर तोलाको एक लाख साढे तीन हजारसम्म पुगेको थियो।

सोमबार तोलामा ९८ हजार २ सयमा कारोबार भएकोमा आज एकैदिन २ हजार दुई सयले बढेर एक लाख ४ सयमा कायम भएको हो।

आज चाँदीको मूल्य तोलाको १३ सय ८० रुपैयाँ पुगेको छ। सोमबार १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी ६५ रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। पछिल्लो समय सुनचाँदीको मूल्य घटबढ भइरहको छ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएपछि त्यसको असर नेपालमा समेत देखिएको महासंघले जनाएको छ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस