२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

सोमबार ०१, भदौ २०७७ ०७:५२

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर ।  विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर-८ का ४७ वर्षीय पुरुषको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

खोकी र ज्वरो आएर आइतबार साँझ अस्पतालमा भर्ना भएका उनको फोक्सोमा समस्या रहेको अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताए ।

योसँगै विराटनगर महानगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस