२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

ह्युम पाइप राख्न बनाएकाे खाल्डाेमा डुबेर दुइ बालककाे मृत्यु

- विशेष खबर सोमबार ०१, भदौ २०७७ ०५:५८

ह्युम पाइप राख्न बनाएकाे खाल्डाेमा डुबेर दुइ बालककाे मृत्यु

बैतडी । बैतडीमा ह्युम पाइप राख्न बानाएकाे खाल्डाेमा डुबेर साेमबार दुइ बालककाे ज्यान गएकाे छ ।

दशरथचन्द नगरपालिका १ सुन्दरखालीस्थित देहीमाण्डौं देखि नागार्जुन जाने सडक छेउमा ह्युम पाइप राख्नका लागि बानाइएकाे खाडलमा जम्मा भएकाे बर्षात्को पानीमा खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी बैतडीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशी जानकारी दिए ।

साेमबार साँझ साढे ४ बजेतिर डुबेर दशरथचन्द २ देहीमाण्डौका राम लाबडका १४ वर्षीय छोरा अंकित र तारा लाबडका ११ वर्षीय छोरा सन्दीपकाे डुबेर मृत्यु भएकाे प्रहरी निरीक्षक जैशीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


#डुबेर मृत्यु

प्रतिकृया दिनुहोस