२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

थप ५८१ जनामा काेराेना संक्रमण पु्ष्टि,संक्रमित संख्या २७ हजार नाघ्याे

- विशेष खबर सोमबार ०१, भदौ २०७७ ०४:३२

थप  ५८१ जनामा काेराेना संक्रमण पु्ष्टि,संक्रमित संख्या २७ हजार नाघ्याे

काठमाडाैं । पछिल्लाे २४ घन्टामा नेपालमा थप ५८१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित काेबिड १९ मिडिया ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गाैतमका अनुसार  उक्त जनाका संक्रमण पुष्टि  भएकाे हाे ।

यससंगै संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

२४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।

विगत २४ घण्टामा गरिएको परीक्षणमा मृतक थप ३ जनामा कोरोना पुष्टि भएको हो। याेसंगै मुत्युहुनेकाे संख्या १ सय ७ पुगेकाे छ ।

हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस