२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

कोरोनालाई परास्त गरेरै छोड्ने छौंः मुख्यमन्त्री भट्ट

सोमबार ०१, भदौ २०७७ ०२:५९

कोरोनालाई परास्त गरेरै छोड्ने छौंः मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिदै गएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको  बताएका छन् । 

प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, 'कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार बढी केन्द्रित भएको छ, कोरोनालाई परास्त गरेरै छोड्ने छौं ।'

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका खेलिरहेका कारण समुदायमा कोरोना फैलिन नपाएको दाबीसमेत गर्नुभयो ।

उनले भने, 'भारतबाट रोजगारी गरि फर्किएका ८० देखि ९० हजार नागरिक क्वारेन्टिनमा राख्ने सम्भवतः हाम्रै प्रदेश पहिलो हो, हामीले बेलैमा सचेत अपनाउँदा समुदायमा कोरोना सर्नबाट बचाएका छौँ, हामी कोरोनालाई नियन्त्रण गरेरै छोड्छौं ।' 

मुख्यमन्त्री भट्टले सङ्घीय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितकाे संख्या बढेको बताए ।

'हामीले सीमानाका सिल गरौं र पिसिआर परीक्षण गरेर मात्रै नेपाल छिर्न दिउभन्दा सङ्घीय सरकारले मानेन, सीमानाका खुलायो, अहिले कोरोना संक्रमितकाे संख्या बढ्यो,' मुख्यंमन्त्री भट्टले भने, 'सङ्घीय सरकारले प्रदेश सरकारले भनेको नमान्दा जम्मा दुई जना सङ्क्रमित देखिएको सुदूरपश्चिममा हजारौं संक्रमित थपिए, हामीलाई कन्ट्रोल गर्न समस्या भयो ।'
 


#सुदूरपश्चिम प्रदेश

प्रतिकृया दिनुहोस