२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

लिदी पहिराेः थप तीन जनाको शव भेटियो

सोमबार ०१, भदौ २०७७ ०१:५९

लिदी पहिराेः थप तीन जनाको शव भेटियो

काठमाडौं । सिन्धुपाल्चोकको जुगल–२, लिदीको लामा टोलमा पहिरोमा परेर बेपत्ता मध्ये थप तीन जनाको शव फेला परेको छ । सोमबार तीन जनाको शव फेला परेसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

बेपत्ता ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ शव भेटिएका थिए । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

अहिलेसम्म ३६ वर्षीया टीकामाया दोङ , १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङ, ५ वर्षकी प्रीति दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षकी धनमाया दोङ, ४ महिनाको रेमिस दोङ, १६ वर्षका माइलापराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षकी लक्ष्मी दोङ, १२ वर्षका हिन्दुस दोङ , ३० वर्षका मानबहादुर दोङ, २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन दोङ, १० वर्षका सुरज दोङको शव फेला परेको छ ।

गत साता खसेको पहिरोले उक्त गाउँका एक सय घरधुरीमध्ये ३७ वटामा आंशिक र १७ वटामा पूर्ण क्षति भएको छ ।


#पहिरो

प्रतिकृया दिनुहोस