आइतबार ३२, साउन २०७७ ०८:०१
काठमाडाैं । सम्पत्ति र अनुशासन तथा आचारणसम्बन्धी कसुरमा नेपाली सेनाका जर्नेल र कर्नेलसहित तीन जना बर्खास्त भएका छन्।
सेनाले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको अभियोगमा दोषी ठहर गर्दै सहायक रथी प्रयोग राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको हाे ।
त्यस्तै सह सेनानी लक्ष्मीकान्त खनाल,सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला पनि सैनिक अदालतले गरेको छ।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो ।
आइतबार बसेको समरी जनरल सैनिक अदालतबाट पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम उनीहरुलाई दोषी ठहर गरिएको सेनाले जनाएको छ ।
प्रतिकृया दिनुहोस