आइतबार ३२, साउन २०७७ ०६:३४
हेटाैँडा । हेटाैँडामा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।
प्रशासनने हेटौँडा उपमहानगरपालिका भर र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जारी निषेधाज्ञाको अवधिलाई थप गर्ने निर्णय गरेको हो ।
जारी निषेधाज्ञालाई थप कडाइ गरिने जनाइएको छ । मकवानपुरमा कोरोना सङ्क्रमितको संख्या दिनहु बढ्न थालेपछि प्रशासनले अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध गर्ने गरी सूचना जारी गरेको हो ।
सूचनाअनुसार हेटौँडाका खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खोल्न पाइने छ ।
प्रतिकृया दिनुहोस