२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

थप  ६४१ जनामा कोरोना संक्रमण पुष्टि,१३४ डिस्चार्ज

आइतबार ३२, साउन २०७७ ०४:३५

थप  ६४१ जनामा कोरोना संक्रमण पुष्टि,१३४ डिस्चार्ज

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६४१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससंगै संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

२४ घन्टामा १३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १७ हजार ३२५ पुगेको छ ।

हालसम्म ५ लाख १७ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएकाे छ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस