शनिबार ३१, साउन २०७७ ०९:२३
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले काेराेना संक्रमण बढ्दै गएपछि भोलि आइतबारदेखि अत्यावश्यक बाहेकका गतिविधि बन्द गर्ने निर्णय गरेकाे छ ।
समुदाय स्तरमा कोरोना भाइसर संक्रमण फैलिएको भन्दै आज बसेको नगर विपद्ध व्यवस्थापन समितिको बैठकले भोली साउन ३१ गते देखि भदौ ९ गते सम्मका लागि नगरक्षेत्र शिल गर्ने निर्णय गरेको हो ।
लोकन्थली देखि राधेराधे क्षेत्र भित्र अत्यावश्यक बाहेकका कुनै पनि होटल,रेस्टुरेन्ट, बैक तथा वित्तिय संस्था, निर्माण कार्य तथा कलकारखाना बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा पुर्ण रुपमा कडाईका साथ लागु गराउने निर्णय पनि गरेको छ ।
खाद्यान्न तथा किराना पसल,पेट्रोल पम्प,औषधी पसल, पानी, ग्यास का पसल भने भने बिहान ११ वजे देखि १ बजे सम्म मात्रै संचालन गर्न पाइने नगरप्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।
नगरक्षेत्रमा पर्ने राधेराधे देखि लोकन्थली सम्मका अरनिको राजमार्गमा सार्वजनिक यातायातले यात्रु राख्न र ओराल्न नपाईने निर्णय समेत गरेको छ । यस्तै पुरानो नगरक्षेत्रमा सार्वजनिक यातायता संचालनमा पुर्ण रोक लगाउने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस