२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

शनिबार उपत्यकामा ९८ संक्रमित थपिए

शनिबार ३१, साउन २०७७ ०५:१८

शनिबार उपत्यकामा ९८ संक्रमित थपिए
फाइल तस्बिर ।

काठमाडाैं । शनिबार काठमाडौं उपत्यकामा ९८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयले  संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।

शुक्रबार ३ उपत्यकामा ११९ संक्रमित फेला परेका थिए ।

यसैगरी शनिबार देशभरी ४६८जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२४ जना डिस्चार्ज भएका छन् । 

 


#काठमाडौं उपत्यका

प्रतिकृया दिनुहोस