२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

थप ४६८जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या २६ हजार नाघ्यो

शनिबार ३१, साउन २०७७ ०४:३८

थप ४६८जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या २६ हजार नाघ्यो

काठमाडाैं । पछिल्लाे २४ घन्टामा नेपालमा थप ४६८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ हजार ४७ पीसीआर परीक्षण गर्दा  ४६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

याेसंगै नेपालमा कोरोना संक्रमित संख्या २६ हजार १९ पुगेको छ।

पछिल्लो २४ घन्टामा १२४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ रहेको प्रवक्ता गौतमले बताए ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस