२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

शनिबार ३१, साउन २०७७ १२:४८

लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमितकाे मृत्यु भएको छ । कपिलवस्तु घर भएका ४२ वर्षीय पुरुषको आईसीयुमा राखेर उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृतकको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको डा. गौतमले बताए ।

यसअघि पनि कपिलवस्तुका एक जनाको उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो । कपिलवस्तुमा लक्षण देखिएका संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।


#कोरोना संक्रमितकाे मृत्यु

प्रतिकृया दिनुहोस