२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

आज राति देखि भरतपुर महानगर लकडाउन

शुक्रबार ३०, साउन २०७७ ०१:४१

आज राति देखि भरतपुर महानगर लकडाउन

चितवन । भरतपुर महानगरपालिका महानगरपालिका एकहप्ता लकडाउन गरिने भएको छ । तीनदिनमा २३ जना कोराना संक्रमण पुष्टि भएपछि महानगर लकडाउन गर्ने निर्णय गरेकाे हाे ।

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण,  उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

महानगरभित्र कोरोना  तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको दाहालले जानकारी दिइन् । अति आवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गरिनेछ, उनले भनिन, 'जो जहाँ छ त्यही रहने गरी लकडाउन गरिँदैछ ।'

राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्णरुपमा निस्तेज हुने गरी लकडाउन आह्वान गरिँदैछ । महानगरका वडामार्फत टोल सुधार समितिलाई सबैलाई सतर्क भई घरमा नै रहन सन्देश प्रवाह गरिँदै छ । 

महानगरको विपद् व्यवस्थापन इकाइ, दमकल, नगरप्रहरी, महानगरका सीमित कर्मचारी परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने महानगरप्रमुख दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।  

भरतपुर महानगर क्षेत्रमा हालसम्म ९३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

ती मध्ये ७० पुरुष , २३ महिला रहेका छन् । 


#लकडाउन

प्रतिकृया दिनुहोस