२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

वीरेन्द्रनगरमा भदौ १ देखि पाँच दिन  निषेधाज्ञा

बिहिबार २९, साउन २०७७ ०८:३२

वीरेन्द्रनगरमा भदौ १ देखि पाँच दिन  निषेधाज्ञा

सुर्खेत । वीरेन्द्रनगरमा भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमित बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

यसपटकको निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिकामा मात्र लागू हुनेछ । जिल्ला प्रशासन कार्यालयका अनुसार मेडिकल, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, दूध, तरकारी, खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य सबै बन्द हुनेछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म वीरेन्द्रनगरमा क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिए । 

प्रशासनले निषेधाज्ञा जारी हुनुअघि आवश्यक पर्ने सम्पूण उपभोग्य वस्तु मौज्दातमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

वीरेन्द्रनगरमा दुइदिनमा ३५ कोरोना संक्रमण पुष्टि भएकाे छ ।
 


#निषेधाज्ञा

प्रतिकृया दिनुहोस