२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

भारतमा एकै दिन ६७ हजार काेराेना संक्रमित

बिहिबार २९, साउन २०७७ ०८:०२

भारतमा एकै दिन ६७ हजार काेराेना संक्रमित

नयाँदिल्ली । भारतमा एकै दिन ६७ हजार ब्याक्तीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ जना नयाँ संक्रमित भेटिएका हुन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ४७ हजार ३३ पुगेको छ । 

त्यसैगरी भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २३ लाख ९६ हजार ६३८ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये छ लाख ५३ हजार ६२२ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९८२ जना संक्रमणमुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८२० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार ४२५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । 

यसैबीच कोरोना भाइरसका कारण विश्वभरी संक्रमित हुनेहरुको संख्या २ करोडभन्दा बढी पुगेको छ । पछिल्लो विवरण अनुसार विश्वभरी दुई करोड एक लाख ६२ हजार ४७४ जना संक्रमित भएका छन् । 

योसँगै विश्वभरी कोरोनाभाइरसका कारण मृत्यु हुनेहरुको संख्या ७ लाख ३७ हजार ४१७ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 
 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस