२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

उपत्यकामा १२७ सहित थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार २९, साउन २०७७ ०४:३५

उपत्यकामा १२७ सहित थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं।  पछिल्लाे २४ घन्टामा नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा  ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । 

पछिल्लाे २४ घन्टामा काठमाडौं उपत्यकामा १२७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा  संक्रमण देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस