२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

सुनकाे मुल्य फेरि बढ्याे

बिहिबार २९, साउन २०७७ १२:४८

सुनकाे मुल्य फेरि बढ्याे

काठमाडौं । बुधबार ठूलो अन्तरले घटेको सुनको मुल्य बिहीबार फेरी बढेको छ । सुनकाे मुल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजकालागि महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।

सातको सुरुआत देखिनै निरन्तर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार एकैदिन हालसम्मकै उच्च ६ हजार दुई सय रुपैयाँले घटेको थियो ।


#सुन चाँदी

प्रतिकृया दिनुहोस