२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु

बिहिबार २९, साउन २०७७ ०६:४३

स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु

बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । बुधबार उनलाइ उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 

स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो ।

त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए ।

मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेशमा छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्याएका थिए ।


प्रतिकृया दिनुहोस