२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मुगुमा जिप दुर्घटना हुदा १ जनाको मुत्यु, १० घाइते

बुधबार २८, साउन २०७७ ०७:०९

मुगुमा जिप दुर्घटना हुदा १ जनाको मुत्यु, १० घाइते
साङ्केतिक तस्बिर ।

काठमाडाैं । मुगु सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिकाको तारापानी बजारतर्फ जाँदै गरेको क १ ज ३२ नम्बरको बोलेर जिप निगाले गाउँको खोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।  

जिप बुधबार दिउँसो करिब ४ बजे दुर्घटना भएको हो । विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा चिप्लिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतकको सनाखत हुन सकेको छैन ।

चिकित्सकका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको जिल्ला अस्पताल ठिनीमा उपचार भइरहेको छ ।

 


#दुर्घटना

प्रतिकृया दिनुहोस