२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

विश्वभर काेराेना संक्रमणबाट ७ लाख ४६ हजारकाे मृत्यु

बुधबार २८, साउन २०७७ ०६:०४

विश्वभर काेराेना संक्रमणबाट ७ लाख ४६ हजारकाे मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म उक्त संक्रमितहरूकाे मृत्यु भएकाे जनाएकाे छ।

यसैगरी कोरोनाभाइरसबाट विश्वभर २ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरुमा अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसिया समेतका मुलुकहरु रहेका छन् । 

अमेरिकामा ५३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ब्राजिलमा ३१ लाख, भारतमा २३ लाख, रसियामा ९ लाख, दक्षिण अफ्रिकामा ५ लाख ६६ हजार, मेक्सिकोमा ४ लाख ९२ हजार, पेरुमा ४ लाख ८९ हजार र कोलम्बियामा ४ लाख १० हजार संक्रमित छन् ।

अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमितकाे मृत्यु  भएकाे छ । पछिल्लो विवरण अनुसार अमेरिकामा हालसम्म १ लाख ६७ हजार, ब्राजिलमा १ लाख ३ हजार, भारतमा ४६ हजार, रसियामा १५ हजार, मेक्सिकोमा ५४ हजार, दक्षिण अफ्रिकामा १० हजार, पेरुमा २१ हजारको मृत्यु भइसकेको छ । 

युराेपमा भने पछिल्ला दिनमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ ।  युरोपका कूल संक्रमितमध्ये २ लाख ७ हजारको मृत्यु भइसकेको छ । 


#कोरोना भाइरस संक्रमण

प्रतिकृया दिनुहोस