२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

भारतमा एकै दिन ६१ हजारमा काेराेना पुष्टि, न्युजिल्याण्डमा १ सय २ दिनपछि फेरि भेटिए संक्रमित

बुधबार २८, साउन २०७७ ०३:५७

भारतमा एकै दिन ६१ हजारमा काेराेना पुष्टि, न्युजिल्याण्डमा १ सय २ दिनपछि फेरि भेटिए संक्रमित


एजेन्सी । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन् ।

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २३ लाखभन्दा बढी पुगेको छ । भारतमा कोरोनाकै कारण अहिलेसम्म ४६ हजार ९१ जनाको मृत्यु भएको छ । तीमध्ये ८३४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कुल सङ्क्रमित २३ लाख २९ हजार ६३९ मध्ये छ लाख ४३ हजार ९४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ३९ हजार छ सय जना निको भएका छन् ।

न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना सङ्क्रमित
कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट सङ्क्रमित नभएको पनि स्पष्ट पारेका छन् ।

अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

समाचारमा प्रधानमन्त्री जासिन्डाले कोरोनाको सङ्क्रमण फैलिन नदिनका लाग मुलुकमा फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गर्न लागेकाे उल्लेख छ । उनले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत सतर्कताहरु अपनाउन आग्रह गरेकी छिन् ।

अहिले सङ्क्रमित भएकामध्ये पहिलो सङ्क्रमित झण्डै ५० वर्षका रहेका र उनको अन्तर्राष्ट्रिय यात्राको विवरण नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा तीनै जनामा सङ्क्रमण देखिएको थियो । प्रधानमन्त्री जासिन्डाले कोरोनाका विरुद्धमा सबैजना फेरि एक पटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताएकी छिन् ।


#काेराेना

प्रतिकृया दिनुहोस