२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बुटवलकाे कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

बुधबार २८, साउन २०७७ ०९:३३

बुटवलकाे कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

बुटवल। बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । तीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अर्काको रिपोर्ट आउन बाँकी छ ।

कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका काेराेना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो,’ उनले भने, ‘२७ गते भर्ना भएका २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ ।’ दुवै जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।

थापाका अनुसार ४२ वर्षीय व्यक्तिको कोरोनाकै कारण बिहान ४ बजे मृत्यु भएको हो ।

अर्का व्यक्तिको बिहान साढे ३ बजे ज्यान गएको हो । उनलाई श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण थिए ।

किड्नीमा पनि समस्या रहेका ती व्यक्ति केही महिनाअघि भारतमा पनि उपचार गराएर आएको थापाले बताए ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस