मङ्गलबार २७, साउन २०७७ ०८:२२
काठमाडाैं । सरकारले रुकुमकाे चौरजहारी घटनामा ज्यान गुमाएका सदस्यका परिवारलाई प्रतिसदस्य १० लाखका दरले आर्थिक सहायता प्रदान गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै प्रवक्ता युवराज खतिवडाले उक्त जानकारी दिए।
सो घटनामा ६ जनाले ज्यान गुमाएका थिए।
घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीले ज्यान गुमाएका थिए।
यस्तै सरकारले घटनाका घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने पनि निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस