२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पछिल्लाे २४ घन्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार २७, साउन २०७७ ०४:४९

पछिल्लाे २४ घन्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लाे २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका्े नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गाैतमका अनुसार १० हजार ४ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको हालसम्म कुल संक्रमितकाे संख्या २३ हजार ९ सय ६८ जना पुगेको छ । 

हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ। 

यसैगरी मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै, ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस