२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

कोरोनाबाट विश्वभरी सात लाख भन्दा बढीकाे मृत्यु

बुधबार २१, साउन २०७७ ०१:००

कोरोनाबाट विश्वभरी सात लाख भन्दा बढीकाे मृत्यु

एजेन्सी ।  विश्वभरी कोरोना भाइरसको कारण सात लाख ४ हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बुधबार जानकारी दिएको छ ।

डब्लुएचओका अनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ८७ लाख ९ हजार १६१ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । 

संक्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २२४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४९९ व्यक्ति कोरोना संक्रमितकाे उपचार भइरहेको छ ।

संक्रमितमध्ये ६५ हजार ३३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

 कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार अमेरिकामा मात्र ४९ लाख १८ हजार ४२० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस्तै अमेरिकामा काेराेनाले एक लाख ६० हजार २०९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस