२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

विश्वभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार नाघ्यो

शनिबार १७, साउन २०७७ ०२:३९

विश्वभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार नाघ्यो

एजेन्सी ।  विश्वभरी कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको छ ।  

डब्लूएचओका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म एक करोड ११ लाख ७७ हजार १३२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १८ हजार १२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ ।

संक्रमितमध्ये ६५ हजार ६०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लूएचओका अनुसार अमेरिकामा मात्रै ४७ लाख ६ हजार ५९ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस्तै अमेरिकामा काेराेनाले एक लाख ५६ हजार ७५२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 

यस्तै युरोपमा २८ लाख ७९ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ४३२ को मृत्यु भएको छ । 

एशियामा ४३ लाख १ हजार ७७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९६ हजार ७९६ जनाको मृत्यु भएको छ । 

यसैगरी अफ्रिकामा नौ लाख ३१ हजार ७७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ७२६ जनाको मृत्यु भएको छ ।  


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस