२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

भारतमा पछिल्लो २४ घण्टामा थपिए ५५ हजार संक्रमित

शुक्रबार १६, साउन २०७७ ०१:२१

भारतमा पछिल्लो २४ घण्टामा थपिए ५५ हजार संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको छ ।

अघिल्लो दिन पनि भारतमा कोरोना भाइरसका ५२ हजारभन्दा धेरै नयाँ कोरोन संक्रमित थपिएका थिए ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३५ हजार ७४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७७९ जनाको मृत्यु भएको हो ।

 


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस